• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई

परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई


  • 4.1K
    SHARES
    • श्रावण १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.3K Views

    परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई

    काठमाडौँ, १ साउन/ भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा  नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भन्नुभएको छ । 

    यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले  पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उहाँसँग काम गर्न आफू तयार रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।


    तेस्रो आँखा