• ट्रेण्डिङ्ग :
पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते


  • 5.9K
    SHARES
    • श्रावण १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 9.0K Views

    पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

    सङ्खुवासभा, १ साउन/ सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिनुभयो । 

    images

    पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो । 


    तेस्रो आँखा