• ट्रेण्डिङ्ग :
पद हस्तान्तरण तथा शैक्षिक सामग्री वितरण 

पद हस्तान्तरण तथा शैक्षिक सामग्री वितरण 


  • 4.7K
    SHARES
    • श्रावण १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.2K Views

    पद हस्तान्तरण तथा शैक्षिक सामग्री वितरण 

    तुलसीपुर, १ साउन । लायन्स क्लव अफ दाङ क्यापिटलको शैक्षिक सामग्री वितरण तथा पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ ।

    images

    सोमबार ज्ञान ज्योति आधारभूत विद्यालय तुलसीपुर ५ दाङमा लायन्स क्लव अफ दाङ क्यापिटलले एक कार्यक्रम गरी पद हस्तानतरण कार्यक्रम सम्पन्न गरेको हो । 

     २०२४।२५ वर्षका लागि अध्यक्षमा भिम वली, प्रथम उपाध्यक्षमा अजित खनाल, द्वितीय उपाध्यक्षमा डम्बर केसी, सचिव प्रकाश भुसाल, कोषाध्यक्षमा दिपकराज खड्का, सदस्यहरुमा सुरेन्द्र बोहरा, कमल जलन केसी, खेमराज वली, एचआर मगर निर्वाचित भएका हुन् । पद हस्तान्तरण कार्यमा बोल्दै प्रमुख अतिथि जिल्ला  बिनोद कुमार श्रेष्ठले दाङ क्यापिटलले धेरै उदाहरणीय काम गर्दै आइरहेको बताए र निस्वार्थ भावनाका साथ स्थापना भएको यो क्लब आज सामाजिक क्षेत्रमा पनि धेरै उदाहरणीय काम गर्दै आइरहेको बताए ।

    यस्तै उनले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजमा सकारात्मक भावनाको विकास गर्न सक्ने टिमको रुपमा स्थापित हुने विश्वास रहेको बताए ।


    यस्तै कार्यक्रमका सभाध्यक्ष दिपक केसीले वर्ष २०२३।२४ मा आफुले गरेका सम्पुर्ण कामको विवरण प्रस्तुत गरेका थिए । समाजमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले आफु लायन्समा जोडिएको उनले बताए । आफुलाई लायन्स क्लव अफ दाङ क्यापिटलले बर्ष २०२३।२४ को अध्यक्षको रुपमा नियुक्ती गर्दा आफूले सकेजतिको निस्वार्थ भावनाले काम गर्दा सफल भएको बताए । 

    बर्ष २०२४।२५ का प्रथम उपाध्यक्ष अजित खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त पद हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह, बिद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे, समाजसेवी पदम पोखरेल (जेठुकान्छू) लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण वर्ष २०२४।२५ का सचिव प्रकाश भुसालले गरेका थिए ।


    तेस्रो आँखा