• ट्रेण्डिङ्ग :
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु


  • 4.7K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

    काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार केहीबेरअघि बैठक सुरू भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए।

    images

    गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ। छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए।

    बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महअभियोगबारे पनि छलफल हुँदैछ। महाअभियोग दर्ता भइसकेपछि पार्टीको अबको राणनीतिबारे बैठकमा छलफल गर्ने कांग्रेसले जनाएको छ।

    कांग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन आग्रह गरेका छन्।  


    तेस्रो आँखा