• ट्रेण्डिङ्ग :
नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु


  • 5.2K
    SHARES
    • श्रावण २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.0K Views

    नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

    नवलपरासी, २ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिनुभयो । सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको उहाँले बताउनुभयो ।

    मृतक महतोको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।


    तेस्रो आँखा