• ट्रेण्डिङ्ग :
‘एमसीसी संसदमा टेबल हुँदा माओवादी, एस र एमाले पनि यसको पक्षमा उभिने विश्वास छ’– महामन्त्री थापा 

‘एमसीसी संसदमा टेबल हुँदा माओवादी, एस र एमाले पनि यसको पक्षमा उभिने विश्वास छ’– महामन्त्री थापा 


  • 12.2K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 18.8K Views

    ‘एमसीसी संसदमा टेबल हुँदा माओवादी, एस र एमाले पनि यसको पक्षमा उभिने विश्वास छ’– महामन्त्री थापा 

    काठमाडाैं, ३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसी संसदमा टेबलहुँदा माओवादी, नेकपा (एकिकृत समाजवादी) एस र एमाले पनि यसको पक्षमा उभिने विश्वास रहेको बताएका छन्।

    images

    मंगलबार नेपाली कांग्रेसको संसदीय दलको बैठकको निर्णय सुनाउँदै महामन्त्री थापाले एमसीसी संसदमा दर्ता भएपछि माओवादी, एस र एमाले पनि संसदमा एमसीसीको पक्षमा उभिने विश्वास रहेको बताएका हुन्।

    ‘तत्कालीन नेकपा सरकारमा हुँदा र हामी प्रतिपक्षमा रहँदा पनि नेकपाले संसदमा यसलाई ल्याउँदा त्यतिबेला नै हामीले छलफल गरौं भनेका थियौं,’ उनले भने ‘अहिले माओवादी, एस र एमाले फरकफरक भएपनि त्यतीबेला एकै ठाउँमा थिए। उनीहरु सबै यसको पक्षमा थिए।’

    प्रधानमन्त्री देउवाले ‘हामी केपी ओलीले ल्याएको प्रस्ताव पारित गरौं भनिरहेका छौं। तर एमालेका प्रमुख सचेतकले कांग्रेस एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको छ,’ भनेर अभिव्यक्ति दिन्छन् यसलाई कसरी लिने भनेर सोधेका थिए। यस विषयमा पनि संसदीय दलमा छलफल भएको थापाले बतएका छन्। उनले कांग्रेसले तत्कालीन नाफा घाटा नहेरी कर्तव्य पुरा गर्ने पनि दावी गरेका छन्।

    फरक प्रसंगमा थापाले संसदमा प्रस्ताव भएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग उपयुक्त भएको कारणले यसलाई पनि पारित गर्न सबै दलहरुले सहयोग गर्ने बताएका छन् ।  


    तेस्रो आँखा