काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेजीको माग गर्दै नेता सुभाषचन्द्र यादव सर्वोच्च अदालत पुगेका छन्।
यादवले मंगलबार चौधरीको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। चौधरीसँगै यावदले निर्वाचन आयोग, नेपाली कांग्रेस, नेपाल कांग्रेस केन्द्रीय समिति र मुख्य सचिव समेतलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका हुन्।
कांग्रेसको गत १४ औ महाधिवेशनमा चौधरीसँग मधेशी कोटामा पराजित भएपछि यादवले चौधरीको सदस्याता वैधाननिक्ताका विषयमा प्रश्न उठाउँदै पार्टीको निर्वाचन समिति र नेपाल निर्वाचन आयोगमा उजुरी हालेका थिए।
उनको उजुरीका विषयमा माग बमोजिम निर्णय नभएपछि सम्बन्धित निकायहरुलाई विपक्षी बनाएर यादव सर्वोच्चको ढोका चाहार्न पुगेका हुन् ।
