• ट्रेण्डिङ्ग :
संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव 

संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव 


  • 7.6K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव 

    काठमाडौं, ३ फागुन। संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन। 

    images

    सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ। 

    बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो। यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। 

    सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ।  

    273793072_1110794023011588_2626993104478200587_n.jpg
     


    तेस्रो आँखा