• ट्रेण्डिङ्ग :
डुबेर तीनजनाको मृत्यु

डुबेर तीनजनाको मृत्यु


  • 2.9K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.4K Views

    डुबेर तीनजनाको मृत्यु

    कास्की, ४ साउन । पोखरामा आज भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

    images

    पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । 

    मृत्यु हुनेमा पोखरा–१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन् । उनीहरु साथीहरुका साथ पौडी खेल्न गएका थिए । 

    यसैगरी पोखरा महानगरपालिका–२६ गुदेतालमा आज डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ । बुबा विकास परियारसँग गएका उनी अचानक तालमा डुबेका थिए ।  


    तेस्रो आँखा