• ट्रेण्डिङ्ग :
माओवादीको संसदीय दलको बैठक बुधबार बिहान

माओवादीको संसदीय दलको बैठक बुधबार बिहान


  • 7.4K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    माओवादीको संसदीय दलको बैठक बुधबार बिहान

    काठमाडौं, ३ फागुन। प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ।

    images

    सत्तारूढ दलको रूपमा रहेको माओवादीले बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो। माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङकाअनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।

    बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने उद्देश्यले बैठक बोलाइएको हो।

    बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी गरेको छ। 


    तेस्रो आँखा