• ट्रेण्डिङ्ग :
एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै


  • 5.5K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.5K Views

    एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

    बुटवल,६ साउन । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।  माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस  र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री  बनाउन सहमत भएको हो । 

    images


    दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै  गिरिलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

    प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा  दाबी पेस गर्ने उनले बताए । 

    आइतबार दिउँसो १ बजेलाई आह्वान गरिएको प्रदेश सभा बैठक अझैसम्म सुरु भएको छैन ।  प्रदेशसभा  सचिवालयले अब केही समय पछि बैठक सुरु हुने जनाएको छ । 


    तेस्रो आँखा