• ट्रेण्डिङ्ग :
आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी

आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी


  • 7.7K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी

    काठमाडौं, ४ फागुन । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।

    images

    संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन, सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।

    कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन । 

    सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसीसीको विरोध गरिरहे पनि दबाबमा छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।

     


    तेस्रो आँखा