लमही ६ साउन/ इलाका प्रहरी कार्यालय भालुवाङले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको प्युठान नगरपालिका वडा नं. ४ घर भएका २१ वर्षीय सुजन पुन रहेको प्रहरीले बताएको छ ।
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङको बष पार्कमा लागू औषध सेवन र कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले लागू औषधको १० वटा ट्याबलेटसहित पक्राउ गरेको हो ।
