• ट्रेण्डिङ्ग :
विपी स्मृतीमा तुलसीपुरको बसपार्क क्षेत्रमा एकसय बिरुवा रोपियो 

विपी स्मृतीमा तुलसीपुरको बसपार्क क्षेत्रमा एकसय बिरुवा रोपियो 


  • 3.1K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    विपी स्मृतीमा तुलसीपुरको बसपार्क क्षेत्रमा एकसय बिरुवा रोपियो 

    तुलसीपुर, ६ साउन/ नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रशाद कोईरालाको ४२औं स्मृति दिवशका अवसरमा तुलसीपुरमा वृक्षा रोपन गरिएको छ । आइतबार तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कको माछापुच्छ«े टोलमा काँग्रेसका नेता कार्यकर्ताहरुले बिभिन्न जातका एकसय बोट विरुवा रोपेका छन् ।

    images

    नेपाली राजनीतिक रुपान्तरणका साथै विपीले समाज रुपान्तरणमा साहित्यका माध्यमवाट खेलेको भूमिका अद्धतिय मान्ने गरिन्छ ।
    गुलमोहर, कपुर, कल्की , निम, पारिजात लगायतका एकसय बोट विरुवा रोपिएको तुलसीपुर –५ का वडाध्यक्ष नबीन बुढाथोकीले बताए ।

    बृक्षा रोपन कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गहेन्द्र गिरी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, महाधिबेशन प्रतिनिधिहरु बिमल रिजाल, सुष्मा गिरी, ऋषिराज लहरे (अरुण), तुलसीपुरका नगर सभापति सुरेश हमाल, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती मगर लगायतका नेता कार्यकर्ता सहभागी थिए ।

    ती विरुवा तुलसीपुर – ५ का वडा कार्यालयले ६ हजार पाँच सयमा खरिद गरेको थियो । वडाध्यक्ष बीरेन्द्रकुमार शाहले रोपेका विरुवाको संरक्षणका लागि तारबारसमेत गरिने बताए । त्यसका लागि तारबार खरिदका लागि डेढ लाखको वडा कार्यालयले खर्चिएको जानकारी आफुलाई दिएको काँग्रेस – ५ का वडासभापति नवीन बुढाथोकीले जानकारी दिए । आइतबार बिहान वृक्षा रोपन कार्य गर्नु पूर्व काँग्रेस केन्द्रीय सदस्य गिरीले तुलसीपुरस्थित विपीको शालिकमा मार्यापन गरेका थिए ।

    received_474831501921430.jpeg
    undefined


    तेस्रो आँखा