• ट्रेण्डिङ्ग :
दाङमा मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु 

दाङमा मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु 


  • 3.0K
    SHARES
    • श्रावण ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    दाङमा मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु 

    दाङ ७ साउन/ दाङमा मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु भएको छ । लमहीबाट भालुबाङतर्फ गइरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले आइतबार राति लमही नगरपालिका -१ नर्तीमा ठक्कर दिँदा स्थानीय १० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको हो ।

    images

    बाटो क्रस गर्नेक्रममा बालिकालाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा