लुम्बिनी ७ साउन/लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दावी पेस गर्नुभएको छ । उहाँले नेपाली काँग्रेसको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको हो ।
एमाले उपनेता आचार्यले एमालेबाट २९ र काँग्रेसका २७ गरि ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी गर्नुभएको हो । मुख्यमन्त्री जोखबहादुर महराले आईतबार पदबाट राजीनामा गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझसम्मको समय दिएर संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
काँग्रेस-एमाले बिचमा भएको केन्द्रीय सहमति अनुसार लुम्बिनीमा एमाले नेतृत्वमा सरकार बनाउन लागिएको हो । एमालेले दलका उपनेतालाई मुख्यमन्त्रीमा अगाडि बढाएपछि दलका नेता लिला गिरीले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
