• ट्रेण्डिङ्ग :
‘राजनीतिक स्थायित्वका लागि नयाँ सरकार’

‘राजनीतिक स्थायित्वका लागि नयाँ सरकार’


  • 3.2K
    SHARES
    • श्रावण ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.9K Views

    ‘राजनीतिक स्थायित्वका लागि नयाँ सरकार’

    गुल्मी, ७ साउन/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र देशको अवस्था परिवर्तनका लागि कांग्रेस–एमाले गठबन्धन सरकार आवश्यक परेको बताउनुभएको छ ।

    images

    नेता ज्ञवालीले पटकपटक सरकार परिवर्तनले देशमा अस्थिरता उत्पन्न भएको भन्दै त्यसलाई जोगाउन र मुलुकमा स्थिरता ल्याउनका लागि पनि ठूला दलहरू एक हुनुपरेको बताउनुभयो ।  

    प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले देशका दुई ठूला दल दुई कित्तामा बाडिँदा अस्थिरताका शक्तिहरूले खेल्ने मौका पाउने र लोकतन्त्र खतरामा पर्ने जिकीर गर्नुभयो । लोकतन्त्र खतरामा पर्दा त्यसको अपजस कांग्रेस र एमालेको काँधमा आउने भएका कारण लोकतन्त्रको रक्षा गर्न दुई ठूला दलहरू महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । 

    वर्तमान सरकार गठन भएसँगै देशले नयाँ कोर्ष लिन सुरु गरेको भन्दै नेता ज्ञवालीले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान संशोधनका विषयमा प्रतिपक्षद्वारा उठाइएका कतिपय आरोप गलत र निराधार भएको भन्दै उहाँले यदि संशोधन गर्नुपर्ने भएमा त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्न सकिने बताउनुभयो । 


    तेस्रो आँखा