• ट्रेण्डिङ्ग :
स्कुटरको ठक्करबाट पैदल यात्री घाइते 

स्कुटरको ठक्करबाट पैदल यात्री घाइते 


  • 2.7K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    स्कुटरको ठक्करबाट पैदल यात्री घाइते 

    तुलसीपुर ८ साउन/ तुलसीपुरमा मंगलबार दिउँसो स्कुटरले ठक्कर दिंदा पैदल यात्रु घाइते भएका छन् । मंगलबार दिउँसो पौने १ बजेको समयमा स्कुटरले ठक्कर दिँदा सल्यानको दार्मा गाउँपालिका वडा नं. ६ निवासी १४ वर्षीया किशोरी सपना बिकलाई स्कुटरले ठक्कर दिएको हो ।

    images

    तुलसीपुरको न्युरोडदेखि पिपलबोट तर्फ जाँदै गरेको लु.प्र.००२-००१ प ०९२८ नं. को स्कुटरको ठक्करबाट बिकको बायाँ हात र टाउँकोमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । स्कुटर चालक सल्यान जिल्ला शारदा नगरपालिका निवासी ४४ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 


    तेस्रो आँखा