• ट्रेण्डिङ्ग :
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार


  • 2.8K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार
    दाङ, ८ साउन/ लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । 
     
    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८ : ३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।  
     
    कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । 


    तेस्रो आँखा