• ट्रेण्डिङ्ग :
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा शपथ ग्रहण

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा शपथ ग्रहण


  • 3.0K
    SHARES
    • श्रावण ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा शपथ ग्रहण

    बुटवल ९ साउन/लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिनुभएको छ । सोमबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गर्नुभयो । आचार्य एमाले संसदीय दल लुम्बिनी प्रदेशको उपनेता हुनुहुन्छ ।

    images

    मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित हुनुभयो । 

    एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री आचार्यले शपथलगत्तै मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।

    संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गर्नुभएको थियो । 

    प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने  छ ।


    तेस्रो आँखा