बुटवल ९ साउन/ नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिनु भएको छ ।
मुख्यमन्त्री नपाएपछि असन्तुष्ट बनेका गिरीले बुधबार राजीनामा दिनु भएको हो । दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि उहाँ असन्ष्ट हुनुहुन्छ ।
बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी राजिनामा दिनु भएको हो । उहाँ अन्य पदमा भने यथावत् रहेको जानकारी दिनु भएको छ । गिरी एमालेको पोलिट्ब्युरो सदस्य सदस्य समेत हुनुहुन्छ
