काठमाडौं, ४ फागुन । एमसीसीको विरोधमा उत्रेका आन्दोलनकारीहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ । नयाँ बानेश्वर नजिकै एमसीसीकाविरुद्ध गर्दै आन्दाेलनमा उत्रिएका आन्दाेलनकारीलाहरुलाई प्रहरीले पानीको फोहरा हानेको हो ।
संसद भवनतर्फ आन्दोलनकारीहरु जान थालेपछि उनीहरूलाई राेक्ने प्रयास गर्दै प्रहरीले पानी फोहरा हानेको हो । ससद परिसरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । तर पनि आन्दाेलनकारी त्यस घेरालाई मिच्ने प्रयास गर्दैछन् ।
