काठमाडाैं, ४ फागुन। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको छ। संसद बैठक अघि बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी व्यवपक छलफल भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताइन्।
यो प्रस्ताव कार्यव्यवस्था परामर्श समतिमा पेश भएर गहन छलफल हुनु नै सकारात्मक भएको नेता भुसालले तेस्रो आँखालाई बताएकी हुन्। उनले भनिन्, ‘एमसीसी सम्झौताको विषय कानुनमन्त्री दिलेन्द्र बढुले आज (बुधबार) बसेको कार्यव्यवस्था परामर्श समितिमा पेश गर्नुभयो, यो विषयमा व्यापक छलफल भयो।’ गठबन्धनको भोलीको बैठकमा छलफल भएपछि अघि बढ्छौं।’
सत्ता गठबन्धनको बैठक बिहिबार बस्दै छ। एमसीसीका विषयमा साझा सहमति गर्नका लागि बैठक बसेर ढुंगोमा पुग्ने नेताहरुले बताएका छन्। ‘कार्यव्यवस्था परामर्श समितिमा माओवादी र नेकपा एसका नेताहरु मध्ये कसैले छलफलबाट साझ धारण बनाएर अघि बढाउने बताएका र केही नेताहरुले एमसीसी अघि बढाउन नहुँने धारण समेत राखेका छलफलमा सहधभागि नेताहरुले बताए।
एमसीसीका विषयमा गठबन्धनको बैठकमा व्यपक छलफल गर्ने र सहमतिमा पुग्नका लागि पहल गर्ने सचेतक भुसालको भनाइ छ। उनका अनुसार यो दुइदिनमा गठबन्धनकाबीच साझा सहमतिको प्रयास गर्ने र ६ गतेको संसद बैठकमा पेश गर्न तयारी गर्ने योजना छ।
