• ट्रेण्डिङ्ग :
विपद्मा परी एक सय ३९ जनाको मृत्यु

विपद्मा परी एक सय ३९ जनाको मृत्यु


  • 3.0K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    विपद्मा परी एक सय ३९ जनाको मृत्यु

    काठमाडौँ, ११ साउन । मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
     
    बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई/दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक/एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् ।
     
    बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

    images


    तेस्रो आँखा