• ट्रेण्डिङ्ग :
विराटनगरमा एमसीसी खारेजीको माग गर्दै गरिएकाे बन्दकाे प्रभाव सामान्य

विराटनगरमा एमसीसी खारेजीको माग गर्दै गरिएकाे बन्दकाे प्रभाव सामान्य


  • 7.5K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    विराटनगरमा एमसीसी खारेजीको माग गर्दै गरिएकाे बन्दकाे प्रभाव सामान्य

    विराटनगर, ४ फागुन। विराटनगरमा बन्दकाे प्रभाव सामान्य फागुन ४ एमसीसी खारेजीको आव्हानमा गरिएको बन्दको प्रभाव सामान्य देखिएको छ।

    images

    मोरंगका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बन्दको प्रभाव जिल्लामा नदेखिएको जानकारी दिए। प्रजिअ दाहालले भने, ‘बिहानै हामी कार्यक्रमका लागि पूर्वतर्फ जादैछौ। मुख्य राजमार्ग, भित्री सडकमा सवारी चलेका छन्। तर पनि सुरक्षाका लागि नियमित गस्ती, र आवश्यक स्थामा सुरक्षानिकाय उपस्थिती भने कायम रहेको छ।’

    यता बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा भने प्रभाव परेको छ। प्रजिअ दाहालको अनुसार प्याब्सन, एनप्याब्सन लगायत शैक्षिक क्षेत्रले स्वतस्फुर्त रुपमा विद्यालय, कलेज बन्द गरेको बताएका छन।

    मंगलबार बेलुकासम्म शैक्षिक क्षेत्र बन्दबारे जिल्लामा जानकारी नआएको बताएका प्रजिअ दाहालले विद्यालय तथा कलेज बन्दबारे जानकारी नभएको प्रस्टाए। अर्कोतर्फ, राजमार्गसंगै जिल्लाका भित्री सडक, उद्योग कलकारखाना, बजार भने खुल्ला रहेको छ।

    नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठले बन्दले यातायात क्षेत्रलाई प्रभाव नपरेको बताए। धरानबाट पूर्व मेची, उत्तरतर्फ पहाडी क्षेत्रका लागि सवारी चलेका छन।

    जनतालाई सास्ती हुने काम बन्द गर्न अपिल गरेका उनले बन्दलाई प्राथमिकता नदिएर यातायात ब्यवसायीलाई आधिकारीक रुपमा सवारी सञ्चालन गर्न आग्रह गरिएको श्रेष्ठले बताए। उनले भने,‘सवारी चलाउने क्रममा जहाँ अवरोध हुन्छ त्यही सवारीसाधन रोकेर राख्न सुझाव दिएकाछौ। बन्दबारे कुनै आधिकारीक जानकारी समेत प्राप्त नभएको उनले बताए।

    बन्दका कारण सामान्य श्रम गरेर छाक टार्ने मजदुरलाई भने समस्या भएको छ। विराटनगरका बजारमा दैनिकी ज्यालादारीका लागि आसपासका क्षेत्रबाट आउने मजदुरहरु बन्दकाे कारण निराश देखिएका छन।


    तेस्रो आँखा