• ट्रेण्डिङ्ग :
२०२४/२०२५ का लागि रोटरीमा बिनिल र रोट्रयाकमा किरण अध्यक्षमा चयन

२०२४/२०२५ का लागि रोटरीमा बिनिल र रोट्रयाकमा किरण अध्यक्षमा चयन


  • 3.1K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    २०२४/२०२५ का लागि रोटरीमा बिनिल र रोट्रयाकमा किरण अध्यक्षमा चयन

     

    images

    तुलसीपुर, १३ साउन/रोटरी क्लब अफ तुलसीपुर सिटीको १८ औं र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीको ११ औं पदस्थापन कार्यक्रम शनिबार भएको छ ।

    रोटरी क्लब अफ तुलसीपुर सिटी वर्ष २०२४/२०२५ को बिनिल केसी र रोट्रयाक्ट क्लव अफ तुलसीपुर वर्ष २०२४/२०२५ को अध्यक्षमा किरण पुन सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।

    रोटरी क्लव अफ तुलसीपुर वर्ष २०२३/२०२४ का अध्यक्ष इ. पवनकुमार योगीले वर्ष २०२४/२०२५ का लागि बिनिल केसीलाई पदहस्तान्तरण गर्नु भएको थियो भने रोट्रयाक्ट क्लव अफ तुलसीपुर वर्ष २०२३/२०२४ का अध्यक्ष इनुप भण्डारीले वर्ष २०२४/२०२५ का लागि किरण पुनलाई पदहस्तान्तरण गर्नु भएको थियो ।

    रोटरी क्लव वर्ष २०२३/२०२४ का अध्यक्ष इ. पवन योगीले आफ्नो कार्यकालमा भएका गतिविधिहरुको भिडियो मार्फत प्रस्तुत गर्नुभएको थियो रोट्र्याक वर्ष २०२३/२०२४ का अध्यक्ष इनुप भण्डारीले पनि वर्षभरी भए गरेका कामहरुको भिडियो मार्फत जानकारी गराउनु भएको थियो ।

    रोटरी वर्ष २०२४/२०२५ का अध्यक्ष बिनिल केसीले नयाँ मेम्बरहरुलाई सपथ ग्रहण गराउनु भएको थियो भने रोट्र्याक वर्ष २०२४/२०२५ का अध्यक्ष किरण पुनले चयन गर्नु भएको नयाँ मेम्बरहलाई सपथ ग्रहण गराउनु भएको थियो । रोटरी र रोट्र्याक क्लवको संयुक्त कार्यक्रममा पदहस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रोटरीयन थानेश्वर पाण्डेले समाजिक सेवाका काम गर्ने संस्थाहरुमा आवद्ध भएकाहरु एक टीम बनेर ले सक्रियताका साथ लाग्न नयाँ अध्यक्ष तथा मेम्बरहरुलाई आग्रह गर्नु भयो । ‘जसले समाज र स्वास्थ्यको हित गर्छ त्यो नशा लिनुहोस् र जसले समाज र स्वास्थ्यको अहित गर्छ त्यो नशा नलिनुहोस् । तपाईको जोस, जाँगरले समाजमा सकारात्मक प्रभाव पर्छ त्यो एउटा म्याजिक भएको बताउनु भयो ।

    कार्यक्रमका बिशिष्ट अतिथि रोटरीयन बिमल रिजालले रोटरी तथा रोट्र्याकमा लाग्नु भएका युवाहरुको भविष्य बनाउन सहयोग गर्ने बताउनु भयो । यी क्लवहरुमा लाग्ने हो भने अमेरिका, अष्ट्रेलिया जानै पर्दैन, तपाईको लाइफ परिवर्तन गर्ने संस्था हन् । उहाँले भन्नुभयो म पनि यहीँ संस्थामा लागेर अहिलेको अवस्थामा पुगेको छु यो आफू रोटरीयन भएकोमा गर्व गर्छु, यसमा अवसरका ढोकाहरु खोल्ने बताउनु भयो ।

    उक्त कार्यक्रममा रासस दाङकी प्रमुख नारायणी रजौरे, रोटरी क्बल अफ लमहीका अध्यक्ष केशब घिमिरे, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगायतले नब निर्वाचित अध्यक्ष तथा मेम्बरहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । रोटरीको पदहस्तान्तरणका कार्यक्रममा सचिव दिपेश भण्डारी र रोट्रर्याकको पदहस्तान्तरण कार्यक्रममा महसचिव सन्दिप भुषालले सञ्चालन गर्नुभएको थियो ।

    a1e6429c-0144-497d-93f0-a5bd73c487cd.jpg


    तेस्रो आँखा