• ट्रेण्डिङ्ग :
अटोले ठक्कर दिंदा किशोरी घाइते

अटोले ठक्कर दिंदा किशोरी घाइते


  • 6.9K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 10.6K Views

    अटोले ठक्कर दिंदा किशोरी घाइते

    तुलसीपुर, १३ साउन । तुलसीपुरमा अटोले ठक्कर दिंदा किशोरी घाइते हुनु भएको छ । मंगलवार दिउँसो २ बजेको समयमा जसपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ६६०६ नम्बरको अटोले राझेना मन्दिर नजिक पैदल यात्रीलाई ठक्कर दिएको थियो । 

    images

    अटोको ठक्करबाट तुलसीपुर–१० गोलौरा निवासी १६ वर्षीया ललिता विकको दायाँ खुट्टा भाँचिएको छ । विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि सिटी हस्पिटल तुलसीपुरमा रेफर गरिएको छ । 

    किशोरीलाई ठक्कर दिने अटोलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा