काठमाडौँ,फागुन ४ ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले भोली देखि दल दर्ता गर्ने जनाएको छ ।
भोली देखि सुरु हुने दल दर्ता फागुन १५ गते सम्म चल्ने आयोगको भनाई छ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकेको छ । दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगले सार्वजनिक बिदाका दिनमा पनि आयोग खुल्ने समेत जनाएको छ ।
