• ट्रेण्डिङ्ग :
दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 


  • 7.7K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 11.9K Views

    दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

    दाङ १४ साउन/ दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा बस्ने पोक्सर बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    images

    मृतक सुनार सोमबार बिहान रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर जाँदै गर्दा साढे ९ बजेको समयमा दुर्घटनामा परेका थिए ।

    अमिलिया-लमही सडकखण्डको लमही नगरपालिका -८ असानीमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।


    तेस्रो आँखा