• ट्रेण्डिङ्ग :
एमसीसी परिमार्जन हैन खारेज गर्नुपर्छ –मेटमणी चौधरी 

एमसीसी परिमार्जन हैन खारेज गर्नुपर्छ –मेटमणी चौधरी 


  • 11.2K
    SHARES
    • फाल्गुण ५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    एमसीसी परिमार्जन हैन खारेज गर्नुपर्छ –मेटमणी चौधरी 

    काठमाडाैं,५ फागु्ुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्नु पर्ने बताएका छन् । आज तेस्रो आँखा अनलाइन टिभीको कार्यक्रम 'तेस्रो दृष्टि'मा कुरा गर्दै चौधरीले एमसीसी परिमार्जन हैन खारेज गर्नुपर्ने बताएका हुन् ।

    images

    एमसीसी राष्ट्रहितमा नभएको उनको भनाइ छ । तेस्रो आँखा सँग उनले भने, ‘एमसीसी इन्डोप्यासीफिक रणनीतिसँग जोडिएको छ, यो संसदमा टेबुल गर्ने हैन पुरै खारेज गरिनु पर्छ।’  एमसीसीका विषयमा सबै राजनीतिक दलहरु फसीसकेको भन्दै शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड तीनै जना नेताहरु एमसीसीबाट बाहिर निस्कन नसक्ने बताए ।

    एमसीसी जनताको माग नभएकाले यसलाई फिर्ता गर्नु पर्ने उनले तर्क गरे । नेकपा एसले केन्द्रीय समितिको बैठक बसेर एमसीसीको विषयमा आधिकारिक धारण सार्वजनिक गर्ने चाैधरीकाे भनाइ छ । एमसीसीकै कारण सत्ता गठबन्धनमा कुनै असर नपर्नेसमेत चौधरीको भनाइ छ । 

    शुक्रबार बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता साझेदार दलहरूबीच सहमति गर्नका लागि बैठक बसिरहेकाे छ ।


    तेस्रो आँखा