• ट्रेण्डिङ्ग :
रोल्पाका श्रीकृष्णबहादुर घर्ती मगर प्रदेश प्रमुखमा सिफारिस

रोल्पाका श्रीकृष्णबहादुर घर्ती मगर प्रदेश प्रमुखमा सिफारिस


  • 2.3K
    SHARES
    • श्रावण १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    रोल्पाका श्रीकृष्णबहादुर घर्ती मगर प्रदेश प्रमुखमा सिफारिस

    दाङ, साउन  १५ । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखका रुपमा रोल्पाका श्रीकृष्णबहादुर घर्ती मगर सिफारिस भएका छन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेश प्रमुखका रुपमा नेपाली काँग्रेस रोल्पाका पूर्व पार्टी सभापति मगरको नाम सिफारिस गरेको हो ।

    images

    मगरले अप्ठेरो स्थितिमा पनि रोल्पामा काँग्रेसको संगठन निर्माणमा अतुलनिय भूमिका निर्वाह गरेका पात्र हुन । उनी कबिता लेखन तथा साहित्यमा पनि उत्तिकै रुची राख्छन् ।

    त्यस्तै मन्त्रीपरिषदको बैठकले बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र कर्णाली प्रदेशमा यज्ञराज जोशीको नाम सिफारिस गरेको छ ।

    बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ।

    संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

    मन्त्रिपरिषदको सोमबार बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।


    तेस्रो आँखा