तुलसीपुर १६ साउन/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । तुलसीपुर ६ बरुवागाउँदेखि सत्कार होटेल जाने बाटोमा दुई वटा विदुतको पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
बुधबार बिहान दुई वटा पोल बाटोमै ढलेपछि अहिले उक्त क्षेत्रमा आवत जावतमा समेत समस्या भएको छ । विद्युत कार्यालय तुलसीपुरका ईन्जिनियर शरद अर्यालमा अनुसार पोल ढलेको विषयमा भर्खरै जानकारी आएकाले त्यस विषयमा बुझ्ने काम भई रहेको बताउँनुभयो ।
