तुलसीपुर १६ साउन/ तुलसीपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
भण्डारी संगै खोला तर्ने क्रममा बगाएका सोही ठाउँका अन्दाजी ६४ वर्षीय चेतबहादुर भण्डारी भने पौडी खेलेर बाहिर निस्कन सफल भएका छन् । शान्तिनगर ४ गिधनिया आफन्तको घरबाट फर्कने क्रममा उनीहरुलाई बुधबार दिउँसो साढे १२ बजेको समयमा चिराघाट खोलाले बगाएको थियो । मृतक भण्डारीको शव खोलाले बगाएको स्थानदेखि करिब १ किलो मिटर तल फेला परेको थियो ।
