• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट


  • 2.6K
    SHARES
    • श्रावण १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, १६ साउन/ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गर्नुभयो । 

    images

     सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

     त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी अहमदले पनि मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा नेपाल इजिप्ट सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।


    तेस्रो आँखा