तुलसीपुर, १७ साउन । घरको सिंडिबाट लडेर तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कपुरकोट वडा ३ घर भइ हाल तुलसीपुर ५ ङ लाइनमा कोठाभाडामा बस्ने चन्द्रविर परियारकी श्रीमती ४२ वर्षीया तिला परियारको मृत्यु भएको हो ।
विहिवार विहान ७ बजेको समयमा सिंढिबाट लडेर घाइते भएकी परियारलाई साढे ८ बजेको समयमा उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । तुलसीपुरमा सामान्य उपचार पश्चिात परियारलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको थियो ।
मेडिकल पुर्याए लगत्तै डाक्टरहरुले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
