• ट्रेण्डिङ्ग :
बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु


  • 2.8K
    SHARES
    • श्रावण १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    बाघको आक्रमणबाट महिलाको मृत्यु
    कञ्चनपुर, १७ साउन/ कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो । 
     
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन् । “खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ”, उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले भन्नुभयो । 
     
    मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी  अस्पतालमा राखिएको छ । यसैगरी मङ्गलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन् । 


    तेस्रो आँखा