रोल्पा १९ साउन/ रोल्पमा पहिरोले घर पुरिदा २ जना पुरिएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ कामिडाँडाँ भन्ने स्थानमा पहिरोमा परि उक्त घटना भएको आशंका गरिएको छ ।
सोहि स्थानमा बस्ने देउसिंङ कामीको १ तले ढुङ्गा माटोले बनेको फुसले छाएको कच्ची घरमा बर्षाद्का कारण माथिबाट पहिरो आइ देउसिंङको आमा र छोरी पुरिएको आंशका गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार उक्त घरमा तिन जनाको परिवार बस्दै आएका थिए । देउसीङ कामी कामले गाउँ गएका थिए ।
घटनाको बारेमा शुक्रबार बेलुका साढे ९ बजेको समयमा प्रहरी चौकी सिउरीमा जानकारी प्राप्त हुना साथ प्रहरी सहायक निरीक्षक केशर बहादुर थापाको कमाण्डरमा ४ जनाको प्रहरी टोली घटना स्थलमा खटिएको प्रहरीले जनाएको छ । रातको समयमा माथिबाट पहिरो झरिरहेको कारण उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । जोखिममा रहेका अन्य घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।
