• ट्रेण्डिङ्ग :
बाढीले बगाउँदा बेपत्ता आलेको शव फेला 

बाढीले बगाउँदा बेपत्ता आलेको शव फेला 


  • 2.4K
    SHARES
    • श्रावण १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.6K Views

    बाढीले बगाउँदा बेपत्ता आलेको शव फेला 

    तुलसीपुर, १९ साउन । तुलसीपुर–४ बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सिता आलेको शव फेला परेको हो । 

    images

    आलेको शव शनिबार विहान ७ बजेको समयमा तुलसीपुर–१५ ग्वारखोलामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

    मृतकको शव आफन्तले सनाखत गरेका थिए । शुक्रबार बेलुका तुलसीपुरबाट खाद्रे जाँदै गरेको रा१ह ४०५५ नम्बरको अटोलाई बेतनी खोलाले बगाएको थियो । अटोमा सवार पाँच जनामध्ये तीन जना खोलाबाट उत्रन सफल भएका थिए भने दुई जना बेपत्ता भएका थिए । 

    अर्की बेपत्ता मञ्जु खड्काको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । 


    तेस्रो आँखा