• ट्रेण्डिङ्ग :
माेटर लगाउने क्रममा करेन्ट लागेर बालारामकाे मृत्यु

माेटर लगाउने क्रममा करेन्ट लागेर बालारामकाे मृत्यु


  • 3.3K
    SHARES
    • श्रावण १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.0K Views

    माेटर लगाउने क्रममा करेन्ट लागेर बालारामकाे मृत्यु

    तुलसीपुर, १९ साउन । दाङकाे तुलसीपुरमा माेटर लगाउने क्रममा करेन्ट लागेर एक जना पुरुषकाे मृत्यु भएकाे छ । शनिबार दिउँसाे सवा एक बजेकाे समयमा करेन्ट लागेर तुलसीपुर–११ प्रिगाउँ निवासी ५० वर्षीय बालाराम वलीकाे मृत्यु भएकाे हाे । 

    images

    आफ्नै घर नजिकैकाे बारीमा माेटर लगाउने क्रममा स्वीच थिच्दा वलीलाई दायाँ हातमा करेन्ट लागेकाे थियाे । राप्ती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा साढे एक बजे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 


    तेस्रो आँखा