• ट्रेण्डिङ्ग :
पश्चिम दाङमा विज्ञान संकायतर्फ ज्ञानज्योतिको उत्कृष्ट नतिजा

पश्चिम दाङमा विज्ञान संकायतर्फ ज्ञानज्योतिको उत्कृष्ट नतिजा


  • 5.5K
    SHARES
    • श्रावण १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 8.4K Views

    पश्चिम दाङमा विज्ञान संकायतर्फ ज्ञानज्योतिको उत्कृष्ट नतिजा

    दाङ, १९ साउन । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा पश्चिम दाङमा सञ्चालन भएका माद्यमिक विद्यालय मध्ये विज्ञान संकायमा ज्ञान ज्योति मा.वि. तुलसीपुरका सुशील पराजुलीले उत्कृष्ट अंक ल्याउनु भएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा पराजुलीले ३ दशमलव ८८ जिपिए प्राप्त गरी विज्ञान संकायमा पश्चिम दाङमा उत्कृष्ट भएको विद्यालयका सहायक प्रधानाध्यापक मनोज कुमार केसीले जानकारी दिनुभयो ।


    त्यस्तै व्यवस्थापन संकायतर्फ सन्ध्या केसीले ३ दशमलव ८३ जिपिए, कानुन संकायतर्फ सविन बस्नेतले ३ दशमलव ६३ जिपिए प्राप्त गरी जिल्ला प्रथम र शिक्षा संकायतर्फ टेकमान कवरले ३ दशमलव ५३ जिपिए प्राप्त गर्नु भएको छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।


    तेस्रो आँखा