• ट्रेण्डिङ्ग :
घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध 

घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध 


  • 7.2K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 11.0K Views

    घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध 

    दाङ २० साउन/ दाङको घोराही तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट घाइते भएका मोटरसाइकलको चालकको उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरुले सडक खण्ड अवरुद्ध गरेका छन् ।

    images

    शनिबार बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै  गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ गईरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नमवर ९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ । 

    प्रहरीका अनुसमर  घाइते बस्नेतको उपचारको क्रममा हिजो बेलुका पौने ९ बजेको समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।


    तेस्रो आँखा