• ट्रेण्डिङ्ग :
बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण

बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण


  • 3.0K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण

    कञ्चनपुर, २० साउन । शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ ।  

    images

    खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन् । समूहले तारजाली र ढुङ्गाको व्यवस्था गरेको थियो । बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो  तटबन्ध निर्माण गरेका हुन् ।

    नौखरीमा मुक्तकमैंया परिवारको बसोबास छ । तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ । सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुङगा ढुवानीमा रु पाँच लाख  खर्च भएको जानकारी दिनुभयो । 


    तेस्रो आँखा