• ट्रेण्डिङ्ग :
अवरुद्ध घोराही-तुलसीपुर सडक सुचारु

अवरुद्ध घोराही-तुलसीपुर सडक सुचारु


  • 8.7K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 13.3K Views

    अवरुद्ध घोराही-तुलसीपुर सडक सुचारु

    तुलसीपुर २० साउन । अवरुद्ध घोराही तुलसीपुर सडक सञ्चालनमा आएको छ । शुक्रबार बेलुका टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले घोराही तुलसीपुर सडक अवरुद्ध गरेका थिए ।

    images

    शनिबार बिहानैदेखि आफन्तले सडक अवरुद्ध गरेपछि घोराही तुलसीपुर सडकमा चल्ने सवारी साधन बीच बाटोमै राृकिएका थिए । अहिले पीडक र पीडित पक्षबिच चलफल भई रहेको र सडक पनि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    शुक्रबार बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै  गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ गईरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नमवर ९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा मृत्यु भएको थियो ।  


    तेस्रो आँखा