तुलसीपुर २० साउन / गत शुक्रबार बेलुका खोलामा आएको बाढीले अटो बगाउँदा बेपता भएका मध्ये मन्जु खड्काको शव फेला परेको छ । तुलसीपुर ४ स्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा अटोमा सवार दुई जना बेपत्ता भएका थिए ।
बेपत्ता मधये तुलसीपुर ४ खाद्रेकी ५५ वर्षीया सीता आलेको शव शनिबार फेला परेको थियो भने सुर्खेत तेप्तेकाँडा घर भई तुलसीपुर बस्ने मञ्जु खड्काको शव आइतबार बिहान फेला परेको छ । खड्काको शव बबई गाउँपालिका वडा नं. ७ खैरभट्टी स्थित बबई नदिमा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनु भयो । त्यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक खड्काकी आमा ममिता खड्काले शवको पहिचान गरेकी थिइन् । शुक्रबार बेलुका तुलसीपुरबाट खाद्रे जाँदै गरेको रा १ ह ४०५५ नं. को अटोलाई बेतनी खोलाले बगाएको थियो । अटोमा सवार पाँच मध्ये चालकसहित ३ जना खोलाबाट उत्रन सफल भएका थिए ।
