• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धनकाे बैठक आज बिहान १० बजे पुनः बस्ने

सत्ता गठबन्धनकाे बैठक आज बिहान १० बजे पुनः बस्ने


  • 5.3K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    सत्ता गठबन्धनकाे बैठक आज बिहान १० बजे पुनः बस्ने

    काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आज बस्ने  बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक पुनः आज बस्ने भएको छ ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्कर्षमा नपुगेकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेर अध्यक्ष ओलीसँग छलफल गरिसकेका छन्। 


    सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । 


    तेस्रो आँखा