• ट्रेण्डिङ्ग :
बागरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

बागरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते


  • 10.6K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 16.3K Views

    बागरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

    तुलसीपुर, २० साउन । दाङको दंगीशरण गाउँपालिका–६ बागरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा तीन जना घाइते भएका छन् । आइतबार बेलुका ८ बजेको समयमा बागरबाट तुलसीपुरतर्फ आउँदै गरेको बा–प्र–२०–०४७ प ७९७८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटनामा परेको थियो । 

    images

    दुर्घटनामा पैदलयात्री सोही ठाउँकी ४५ वर्षीया डम्बरीकुमारी परियारको बाँया खुट्टामा चोट लागेको छ । परियारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ । 

    उक्त दुर्घटनामा मोटरसाइकल चालक दंगीशरण–३ हेकुलीका २७ वर्षीय आरएन चौधरी र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १६ वर्षीय राज चौधरी घाइते हुनु भएको छ । उहाँहरुको स्वास्थ्य अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा