• ट्रेण्डिङ्ग :
नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा

नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा


  • 3.0K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा

    चितवन, २० साउन  ।  नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राती पौने नौ बजे नियन्त्रणमा आएको हो ।

    images

    अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएका छन् । केही समय पछि बाघलाई निकुञ्ज लैजाने तयारी गरिएको छ । आइतबार बिहान ५ः२० को समयमा नारायणी नदी किनारमा मर्निङ वाक गर्न गएका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले घाइते बनाएको थियो ।

    बाघ नियन्त्रणमा लिन दिनभर तीनवटा हात्ती परिचालित गरिएको थियो । बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका थिए ।  यी हात्ती अझै माउतेको नियन्त्रण बाहिर छन् । पछि सौराहाबाट थप दुई हात्ती ल्याइएर बाघलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

     

     

     


    तेस्रो आँखा सम्बाददाता
    लेखकबाट थप