• ट्रेण्डिङ्ग :
जीप दुर्घटनामा गम्भीर घाइते भएका केसीको मृत्यु 

जीप दुर्घटनामा गम्भीर घाइते भएका केसीको मृत्यु 


  • 3.2K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.9K Views

    जीप दुर्घटनामा गम्भीर घाइते भएका केसीको मृत्यु 

    दाङ २१ साउन/ दाङमा यात्रुबहाक जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको त्रिबेणी गाउँपालिका ३ टोट्केका ४६ बर्षीय यम बहादुर केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    images

    उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । टाउको र छातिमा चोट लागेका उनको सोमबार राति पौने ११ बजेतिर मृत्यु भएको हो ।

    दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् । आईतबार तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ह ७७० जीप शान्तिनगर १ हाँडिचारमा दुर्घटना भएको हो ।


    तेस्रो आँखा