काठमाडाैं,६ फागुन ।अमेरिकी सहयोग परियोजना (एमसीसी) आजको संसद बैठकमा पनि पेस नहुने भएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले शुक्रबारको संसद बैठकमा एमसीसी पेस नगर्ने सहमति गरेको हो।
बैठकमा नेकपा माओवादी केन्द्रले आजको बैठकमा एमसीसी पेस नगर्न प्रस्ताव गरेको थियो। सोही प्रस्ताव अनुसार आजको बैठकमा एमसीसी पेस नहुने भएको हो।
संसद बैठक दिउँसो १ बजे बस्दै छ । अहिले उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सो बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबल नगर्न प्रस्ताव पेस गर्दैछन्। कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
संसद बैठक सुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक संसद भवनको शंकर हलमा बैठक सुरु भएको हो । समितिको बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेकाले बैठक बहिष्कार गरेको एमालेले जनाएकाे छ ।
