• ट्रेण्डिङ्ग :
पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु, दुई घाइते

पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु, दुई घाइते


  • 2.3K
    SHARES
    • श्रावण २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.5K Views

    पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु, दुई घाइते

    गुल्मी, २२ साउन । गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।  

    images

    उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।


    तेस्रो आँखा